Logo

श्रीलंकामा यसवर्ष एक लाख पर्यटक पुगे



१४ मङ्सिर : श्रीलंकामा यसवर्षको सुरुदेखि अहिलेम्म कम्तीमा पनि एक लाख पर्यटक पुगेका बताइएको छ । प्राप्त समाचारमा त्यहाँ यस वर्षको अहिलसम्म १ लाख १ हजार भन्दा केही बढी पर्यटक पुगेका छन् । त्यहाँका अधिकारीहरुले दिएको समाचारअनुसार श्रीलंकामा यस वर्ष विस्तारै विदेशी पर्यटकहरु बढ्न थालेका छन् । कोभिड १९ का कारणले यहाँ पर्यटकहरु नपुगेका बताइएको छ ।

तर यो नोभेम्बर महिनामा मात्र त्यहाँ ४१ हजार १७७ जना पर्यटक पुगेका छन् । यो समेत गरी त्यहाँ यस वर्ष पुगेका पर्यटकको संख्या एक लाख नाघेको हो ।त्यहाँ आएका यी पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन् । भारतबाट मात्र त्यहाँ धेरै पर्यटकहरु आउने गरेकामा अहिले पछिल्लो समयमा कोभिडका कारण यहाँको सिंगो पर्यटन उद्योग नै प्रभावित भएको छ ।

श्रीलंकाका ४० लाखभन्दा बाढी मानिस पर्यटन उद्योगमा आश्रित रहेका छन् । यसबाट त्यहाँका बहुसंख्यक मानिसहरु लाभान्ति हुने गरेकामा अहिले कोभिडले गर्दा धेरै समस्या भएको बताइएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्