Logo

ट्विटरका सिईओ डोर्सेले दिए राजीनामा, नयाँ सीईओमा पराग अग्रवाल नियुक्त



एजेन्सी, १४ मङ्सिर। ट्विटरका प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार समहालिरहेका ज्याक डोर्सेले कम्पनीबाट राजिनामा दिएका छन् । कम्पनीका सिटिओ पराग अग्रवालले अब ट्विटरको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हाल्ने छन् । ट्विटर बोर्डले पराग अग्रवालको नियुक्ति कन्फर्म गरेका हुन् ।

कम्पनीका संस्थापक बाहेकका व्यक्तिले पनि अब कम्पनी राम्ररी चलाउन सक्ने अवस्थामा पुगेकाले उनले राजीनामा दिएको इन्डिया टुडेमा खबर छ । उनी विगत दश वर्षमा पराग अग्रवालको कामले निकै खुशी रहेको र उनले कम्पनीमा एकदमै राम्ररी काम गर्नेछन् भन्ने आशा राखेको पनि खुलाएका थिए ।

अग्रवालले पनि डार्सेको अन्र्तगत रहेर सिकेको कुराहरुलाई अब राम्ररी प्रयोगमा ल्याउने प्रतिबद्धता जनाएका छन् । सिईओको पदसँगै अग्रवाल ट्विटरको बोर्ड सदस्यमा समेत जोडिएका छन् । पराग अग्रवालले विश्वकोे ठूलो जाइन्ट कम्पनीका सिइओमा नियुक्त भएपछि तीन भारतीय विश्वका ठूला कम्पनीको कार्यभार सम्हालिरहेका छन् । त्यसमध्ये गुगलका सिइओ सुन्दर पिचाई, माईक्रोसफ्टका सिइओ सत्या नडेला र हालै ट्विटरका सिइओमा पराग अग्रवाल रहेका छन् । पराग अग्रवाले सन् २०११ देखि ट्विटरमा कार्यरत छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्