Logo

काष्ठमण्डपमा गोरखनाथको मूति परिवर्तन कस्ले गर्यो ?



काठमाडौं, १४ मंसिर । ऐतिहासिक काष्ठमण्डपको पुर्ननिर्माणका क्रममा गोरखनाथको मूर्ति परिवर्तन भएको पाइएको छ । प्राचीन मूति परिवर्तन भएपछि उदघाटनको तयारी हुँदै गर्दा गम्भीर प्रश्न उठेको छ ।

प्राचीन मूति परिवर्तन गरिएकोबारे ध्यानाकर्षण गराउँदै सम्पदा अभियन्ताहरुले प्रश्न उठाएका छन । उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, संस्कृतिमन्त्रीलगायतलाई पत्र लेखी ध्यानाकर्षण गराएका छन् ।

सम्पदा अभियन्ताहरुले गोरखनाथको सक्कली मूर्तिलाई नयाँ नक्कली प्रतिमाले प्रतिस्थापन गरेकोले पुरानै मूर्तिलाई प्रतिस्थापन गराउन माग गरेका छन् ।

अभियन्ताहरु अधिवक्ता संजय अधिकारी, श्रद्धा सुमन गुरुवाचार्य, अनुपम बिष्ट, नितिज्ञा ओली र विन्दा कुमारी थापाले पत्र लेखेका हुन् ।



प्रतिक्रिया दिनुहोस्