Logo

जापानमा पनि भेटियो ओमिक्रोन



एजेन्सी, १४ मङ्सिर। जापानले आज (मंगलबार) कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो केस पुष्टि गरेको छ। समाचार संस्था क्योदोले उच्च सरकारी सुत्रलाई उदृत गर्दै समाचारको पुष्टि गरेको हो । नामिबियाबाट आएका एक व्यक्तिमा

नामिवियन कुटनीतिज्ञमा नयाँ भेरियन्ट पुष्टि भएको हो। टोकियो नजिकको नरिता विमानस्थलमा आइतवार आइपुगेका ती व्यक्तिमा नयाँ भेरियन्ट पुष्टि भएको बताइएको छ। विश्व स्वास्थ्य संगठनले उक्त भेरियन्ट चिन्ता जनक रहेको र थप सतर्कता अपाउन समेत आग्रह गरेको छ । उक्त भेरियन्टका कारण विभिन्न मुलुकहरुले हवाई यात्रासँगै सीमा नाकामा थप कडाई गरिरहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्