Logo

भीम रावलले तीन सयसम्म मत ल्याउने संकेत



काठमाडौं, १४ मंसिर । नेकपा एमालेका अध्यक्षका उम्मेदवार डा. भीम रावलले तीन सयसम्म मत ल्याउने देखिएको छ । पछिल्लो मतगणनामा वर्तमान अध्यक्ष केपी शर्मा ओलीले ५ सय मत कटाउँदा रावल एक सय मत नजिक पुगेका छन् ।

२२ सय प्रतिनिधिमध्ये खसेको मतमा यही रफ्तारमा गएमा रावलले अधिकतम ३ सय सम्म ल्याउने देखिउको छ । यो मत ओलीसँग असन्तुष्ट एमाले प्रतिनिधिको मत हो ।

एमालेभित्र ओलीको एकछत्र प्रभाव रहँदै आएको छ । तापिन, अध्यक्षमा पराजित हुने जान्दा जान्दै रावलले उम्मेदवारी दिएका छन् । उनले निर्वाचन गराउन सकेको भन्दै खुशी व्यक्त गरेका छन् । यसलाई उनको नैतिक विजय मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्