Logo

अष्ट्रेलियाको संसद्‍मा चरम यौन हिंसा, मन्त्रालयभित्रै कर्मचारी बलात्कृत हुँदै



एजेन्सी, १४ मङ्सिर। अष्ट्रेलियाको संघीय संसदमा यौन हिंसा व्याप्त बनेको छ । हालै सार्वजनिक सात महिना लामो अनुसन्धानबाट आएको एक रिपोर्टले संसदमा महिलामाथि हुने यौन हिंसा व्याप्त बनेको देखाएको हो । ‘सेट दी स्ट्यान्डर्ड’ शीर्षकमा मंगलबार छापिएको करिब ४५६ लामो रिपोर्टले संसदका एक तिहाई महिला यौनजन्य हिंसामा पर्ने गरेको देखाएको हो ।

संसदभित्रका करिब ६३ प्रतिशत महिला कर्मचारीले बुलिङ, यौनजन्य हिंसा र यौन दुराचारको हिंसा खेप्नु परेको रिपोर्टमा उल्लेख छ । तुलनात्मकरुपमा संसदभित्र हुने महिला कर्मचारीको संख्याभन्दा बढि हिंसा भएको रिपोर्टले जनाएको छ ।

संसदकी पूर्वकर्मचारी ब्रिट्नि हिगिन्सले यस वर्षको सुरुवातमा आफू मन्त्रालयकै सहकर्मीबाट बलात्कृत भएको बताएपछि उक्त अध्ययन प्रतिवेदन अघि बढेको थियो । हिगिन्सले मंगलबार सार्वजनिक भएको रिपोर्टलाई स्वागत गर्दै धन्यवाद व्यक्त गर्दै भनेको विषयलाई उदृत गर्दै सञ्चामाध्यम फ्रान्स २४ ले लेखेको छ,‘यहाँ थुप्रै बहादूर महिलाहरु छन् । जस्ले आफ्नो विषयलाई खुल्ला रुपले प्रस्तुत गरे यस कारण हिंसा विरुद्वको रिपोर्ट सार्वजनिक हुन पुगेको हो ।’उनले दिएको उजुरीपछि संसदभित्रै यौनजन्य हिंसा भएको सम्बन्धमा अन्य कर्मचारीहरुले दिएको आरोप व्यापक बनेको थियो ।

उक्त हिंसामा परेका पीडित महिलाको अवस्था असामान्य रहेको अष्टेलियाकी यौन दुराचार आयुक्त केट जेन्किन्सले बताएकी छन् । ‘संसदभित्रै भोग्नुपरेको त्यस्तोखाले हिंसाले उनीहरुको टिम र आन्तरिक रुपमा दरार पैदा गरेको छ ।

‘सो हिंसा हाम्रो राष्ट्रको हितविपरित छ,’ केटले भनेकी छन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नयाँ रिपोर्टले निकै भयानक तथ्य सार्वजनिक गरेको बताएका छन् । यसअघि संसदका महिलामाथि असमान असर पर्ने काम गरेको भन्दै प्रधानमन्त्री मोरिसनमाथि ‘लठेग्रो र बहिरो’को आरोप लागेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्