Logo

चाईनिज नागरिकलाई थुनामुक्त गराउछौ भन्दै २० लाख ठग्ने महिला पक्राउ



काठमाडौं, १४ मंसिर । रकम ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादीलाई छुटाईदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–१० बस्ने काभ्रे पनौती नगरपालिका–१० घर भएकी २७ वर्षीया रबिना थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती करणी उद्योग मुद्दामा गत असार १८ गते पक्राउ परी हाल पुर्पक्षको लागि डिल्लीबजार कारागार चारखालमा थुनामा रहेका चाईनिज नागरिक लिउ युईलाई थुनामुक्त गराई दिन्छौँ भनि प्रतिवादीकी श्रीमतीबाट २० लाख रुपैयाँ रकम लिई ठगी गरेको खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१५ छाउनीबाट पक्राउ गरेको जनाएको छ ।

रविना समेतका २ महिलाहरूले आफ्नो मान्छे वकिल छन् उनले न्यायाधीश, वकिल सबै चिनेका छन्, सेटिङ मिलाई थुनामा रहेका तपाईँको श्रीमानलाई धरौटीमा छुटाई दिने र सेटिङ गर्नको लागि खर्च लाग्छ भने अनुसारको रकम दिँदै जानु भनि प्रतिवादीकी श्रीमतीलाई विश्वास दिलाई प्रलोभनमा पारी उक्त रकम ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको उक्त महाशाखाले जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्