Logo

प्रहरी हुँ भन्दै व्यापारीसँग रकम माग गर्ने चेम्जोङ पक्राउ



मोरङ, १४ मंसिर । प्रहरी हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१५ स्थित दक्षिण गेटबाट सादा पोशाकको प्रहरी हुँ भन्दै स्थानिय व्यापारीहरूसँग रकम माग गरेको अभियोगमा विराटनगर महानगरपालिका–१२ बस्ने ३१ वर्षीय पुष्प राज चेम्जोङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

उनले उक्त गेट क्षेत्रमा प्रहरी हुँ भन्दै व्यापारीसँग रकम माग गर्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

उनीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्