Logo

काँग्रेस ललितपुर जिल्ला सभापति श्रेष्ठले गरे ५ वर्ष चुनाव नलड्ने घोषणा



ललितपुर, १४ मंसिर । नेपाली काँग्रेस ललितपुरका नवनिर्वाचित सभापति जीतेन्द्र श्रेष्ठले अबको पाँच वर्ष कुनैपनि पदमा उम्मेदवार नबने घोषणा गरेका छन् । उनले सांसदको टिकटको आफ्नो दाबी नभएको स्पष्ट पारे ।

‘म पाँच वर्ष चुनाव लड्दिनँ,’ श्रेष्ठले प्रतिज्ञा गर्दै भने,‘म चुनाव जिताउन लाग्नेछु ।’ चुनाव लड्ने चाहना राख्नेहरुलाई तयारीमा लाग्न समेत आग्रह गरे ।

श्रेष्ठले ललितपुर जिल्लाबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्नेलाई सहयोगको आग्रह समेत गरे ।



प्रतिक्रिया दिनुहोस्