Logo

नेकपा (एमाले) : मतपरिणामपछि केन्द्रीय समितिको पहिलो बैठक सौराहामानै बस्ने



काठमाडौँ, १४ मङ्सिर। नेकपा (एमाले)को केन्द्रीय समितिको पहिलो बैठक चितवनको सौराहामा बस्ने भएको छ । १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सौराहामानै बस्ने भएको एमाले जनाएको छ ।

आज (मंगलबार) निर्वाचन समितिले अन्तिम मतपरिणाम दिएपछि नवनिर्वाति केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक सौराहामा नै बस्ने नेता विष्णु रिजालले जानकारी दिए ।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार विहान मतदान भएको थियो । विद्युतीय भोटिङ मेसिनमार्फत भएको निर्वाचनको मतपरिणाम मंगलबार नै आउनेछ । अध्यक्ष, उपाध्यक्ष, सचिव, खुलातर्फका केन्द्रीय सदस्य पदमा मतदान भएको छ ।



प्रतिक्रिया दिनुहोस्