Logo

नेप्से आजपनि घट्यो, ३ अर्बमा कारोबार सिमित



काठमाडौं, १४ मंसिर । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । नेप्से मंगलबार १ दशमलव ६४ अंकले घटेर २६ सय २८ दशमलव ३७ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने आज ० दशमलव १८ अंकले बृद्धि भएर ४९५ दशमलव ६३ उच्च विन्दुमा पुगेको छ ।

मंगलबार २ सय २५ कम्पनीको ४१ हजार ५ सय ८५ पटक कारोबार भएर ३ अर्ब ८९ करोड ४१ हजार ९ सय ९१ रुपैयाँ बराबरको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर बिक्रि भएको नेप्सेले जनाएको छ । आज १३ उपसमुह मध्ये ६ वटा समुहको सुचक बृद्धि भएका छन् भने ७ वटा समुहहरुको सुचक घटेका छन् ।



प्रतिक्रिया दिनुहोस्