Logo

एमाले महाधिवेशन: उपाध्यक्ष पदमा अष्टलक्ष्मीलाई सर्वाधिक मत, भूसाल पराजित



काठमाडौँ, १४ मङ्सिर। नेकपा (एमाले)को १०औं महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मत ल्याएर विजयी भएकी छन् । उनले १९७६ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा घनश्याम भूसाल पराजित भएका छन् । उनले ७२५ मत ल्याए । ६ उपाध्यक्षमा ७ जनाले उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो । यस्तै, उपाध्यक्षमा विष्णु पौडेलले १९२५, सुरेन्द्र पाण्डेले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत ल्याउँदै विजयी भएका छन् । औपचारिक घोषणा बाँकी हुन छ ।-File photo



प्रतिक्रिया दिनुहोस्