Logo

घनश्याम भुसाल उपाध्यक्षमा पराजित



चितवन, १४ मंसिर । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । ७ जना उम्मेदवारमध्ये सबैभन्दा कम मत ल्याएपछि पराजित भएका हुन् ।

भुसालले ७२५ मत ल्याए । उपाध्यक्षका उम्मेदवारमध्ये सबैभन्दा बढी अष्टलक्ष्मी शाक्यले १९७६ मत प्राप्त गरिन् । विष्णु पौडेलले १९२५, सुरेन्द्र पाण्डेले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापा बादलले १७६८ मत ल्याए ।

भुसालबाहेक ६ जना उम्मेदवार निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्