Logo

स्विडेनकी प्रथम महिला प्रधानमन्त्री एक सातामा दोस्रो पटक निर्वाचित



स्टकहोम, १४ मङ्सिर: स्विडेनकी पहिलो महिला प्रधानमन्त्री माग्डालेना अन्डेर्सन एक हप्तामा दुई पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन् ।

गत बुधबार पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकी अन्डेर्सन मङ्गलबार दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् ।

अघिल्लो पटक स्विडेनको संसद्ले उहाँलाई प्रधानमन्त्री बनाएको थियो । तर, उनलाई समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उनले एक दिनमै राजीनामा दिनु परेको थियो ।

समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उनको बजेट संसद्बाट पारित नहुने भएपछि उनले राजीनामा दिएकी थिईन् ।

त्यसअघि अर्थमन्त्री रहेकी अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृसमेत छिन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्