Logo

प्रहरी महानिरीक्षक क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी भई स्वदेश फिर्ता



काठमाडौं, १४ मंगलबार । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा मंसिर ७ देखि ९ गतेसम्म संचालन भएको इन्टरपोलको ८९औं महासभामा सहभागी भई मंगलबार स्वदेश फिर्ता भए ।

सोही महासभामा सहभागी भई प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत स्वदेश फिर्ता भएका छन् ।

उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गरे ।

८९औं महासभामार्फत दि फेडेरेटेड स्टेट्‌स अफ माईक्रोनेसियाले १९५औं सदस्य राष्ट्रको रुपमा नयाँ सदस्यता प्राप्त गरेको छ । इन्टरपोलको ९०औं महासभा भारतको नयाँ दिल्लीमा आयोजना हुने निर्णय भएको र चालु महासभाले ९१औं महासभा अस्ट्रियाको राजधानी भियनामा आयोजना गर्ने निर्णय गरेको छ ।

महासभाले इन्टरपोल अध्यक्षमा युएईका Ahmed Nasser AL-RAISI, अफ्रिका महादेशका लागि उपाध्यक्षमा नाईजेरियाका Garba Baba UMAR  र अमेरिका महादेशका लागि ब्राजिलका Valdecy URQUIZA तथा अफ्रिका लागि २ जना, अमेरिकाका लागि २ जना, एसियाका लागि २ जना र युरोपका लागि ३ जना गरी ९ जना कार्यकारी सदस्यहरू मनोनयन गरेको छ ।

महासभामा सहभागी १९५ इन्टरपोल सदस्य राष्ट्रका ज्भबम या ल्ऋद्य तथा प्रतिनिधिहरूले इन्टरपोलको कार्यकारी समिति सम्बन्धी कानुनी व्यवस्था, इन्टरपोलको रणनीतिक योजना २०२२-२०२५, कार्यक्रम तथा बजेट, कार्यनीतिक तथा रणनीति साझेदारी, बालबालिका विरुद्धका अपराध, साइबर क्राइम, आतंकवाद, मानव बेचबिखन जस्ता अपराध लगायतका विविध विषयमा छलफल भई महत्वपूर्ण प्रस्तावहरु पारित समेत भएको थियो ।

साथै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले महासभाको दौरानमा भारत, यूएई, दक्षिण कोरिया, बंगलादेश, टर्की लगायतका मुलुकका प्रहरी प्रमुखहरुसँग छुट्टाछुट्टै भेटघाट गरी द्विपक्षीय हित तथा सहयोग आदानप्रदानका विषयमा छलफल समेत गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्