Logo

अष्टलक्ष्मी शाक्य एमालेमा सर्वाधिक लोकप्रीय



चितवन, १४ मंसिर । नेकपा एमालेको उपाध्यक्षको ७ उम्मेदवारहरुमध्ये अष्टलक्ष्मी शाक्य सर्वाधिक लोकप्रीय मत ल्याउन सफल भइन् । उनले खसेको २ हजार ९६ मतमध्ये १९७६ मत ल्याइन् ।

एमालेको निर्वाचन भएका पदहरुमध्ये शाक्यले प्राप्त गरेको मत सर्वाधिक हो । उनी नवौं महाधिवेशनमा पनि निर्वाचित उपाध्यक्ष हुन् । त्यतिबेला उनी चौंथो स्थानमा पुगेकी थिइन् ।

एमालेको राजनीतिमा लामो योगदान गरेकी शाक्य पार्टी फुट्दा माधव नेपालको साथ छाडेकी थिइन् । उनले कहिले पनि फुटको पक्षमा नजाने बरु संघर्ष गर्ने घोषणा गर्दै आएकी छिन् । यसकारण पनि उनलाई एमालेमा लोकप्रीय बनायो ।

बागमती प्रदेशको मुख्यमन्त्री समेत बनिसकेकी शाक्य निष्ठाको राजनीति गर्ने नेताका रुपमा परिचित छिन् ।



प्रतिक्रिया दिनुहोस्