Logo

बंगलादेशविरुद्धको पहिलो टेस्टमा पाकिस्तान ८ विकेटले विजयी



एजेन्सी, १४ मङ्सिर। बंगलादेशको भ्रमणमा रहेको पाकिस्तानले पहिलो टेस्टमा जित निकालेको छ । दुई खेलको टेस्ट सिरिजको पहिलो खेल पाकिस्तानले ८ विकेटले जितेको हो । बंगलादेशले दिएकोे २ सय २ रनको लक्ष्य पाकिस्तानले २ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानलाई जित दिलाउन दोस्रो इनिङ्समा अविड अलीले सर्वाधिक ९१ रनको जोड्दा अब्दुल्लाह सफिकले ७३ रन बनाएका थिए । अजर अलि २४ रनमा अविजित रहे । बंगलादेशका मेहदी हसन मिराज र तैजुल इस्लामले १–१ विकेटले हात लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले पहिलो इनिङ्समा ३ सय ३० रन जोडेको थियो । बंगलादेशका लागि लिटोन दासले १ सय १४ तथा मुसफिकर रहिमले ९१ रनको योगदान गरेका थिए । पाकिस्तानका हसन अलीले सर्वाधिक ५ विकेट हात पारे ।

पहिलो इनिङ्सको जवाफमा पाकिस्तानले २ सय ८६ रन जोडेको थियो । बंगलादेशका तैजुल इस्लामले ७ विकेट हात पारेका थिए । दोस्रो इनिङ्समा भने बंगलादेश १ सय ५७ रनमै समेटिन पुगेको थियो । जसमा लिटन दासले सर्वाधिक ५९ रनको योगदान गरे । पाकिस्तानका साहिन शाह अप्रिदीले सर्वाधिक ५ विकेट हात पारे ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्