Logo

पार्किङ गरी राखेको टिपरमा किशोरी बलात्कार गर्ने २ जना पक्राउ



काठमाडौं, १४ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दक्षिणकाली नगरपालिका–६ बस्ने धनुषा गणेशमानचारनाथ नगरपालिका–१ घर भएका २२ वर्षीय जित बहादुर बुढाथोकी लगायत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

दक्षिणकाली नगरपालिका–६ स्थित पार्किङ गरी राखेको टिपरमा किशोरीलाई उनीहरुले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्