Logo

विवाह गर्ने प्रलोभन देखाई रहरबारीमा लगेर बलात्कार गरेपछि…



पर्सा, १४ मंसिर । किशोरीलाई विभिन्न प्रलोभनमा पारी बलात्कार गर्ने युवक पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका–७ रामटोल बस्ने २१ वर्षीय बाबु भन्ने बिक्रम पटेल कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई अनुचित प्रभाव र दबाबमा पारी विवाह गर्ने प्रलोभन देखाई सोही महानगरपालिका–२४ टोलस्थित सिर्सिया खोलाको किनारको रहरबारीमा लगी कुर्मीले शुक्रबार साँझ जबरजस्ती करणी गरेको सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई उनकै घरठेगानाबाट पक्राउ गरेको हो ।

उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्