Logo

घरमा कोही नभएको मौका पारेर किशोरीलाई जबरजस्ती गर्ने पक्राउ



पर्सा, १४ मंसिर । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पर्सा जीराभवानी गाउँपालिका–२ बस्ने २० वर्षीय प्रभु साह कानुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

ती किशोरीका अभिभावक उपचारको क्रममा वीरगंज गएको अवस्थामा र स–साना भाइबहिनीहरू मात्र भएको मौका छोपी कानुले ती किशोरीलाई शनिबार साँझ जबरजस्ती करणी गरेको सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । उनीमाथि जबरजस्ती करणी कसूरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्