Logo

१२ जना जुवाडे पक्राउ



काठमाडौं, १४ मंसिर । तास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ परेका छन् । महानरगपालिका–३२ कोटेश्‍वरस्थित कोटदेवी मन्दिर नजिक बस्ने ४४ वर्षीय ईश्वर कार्कीको घरमा तास खेलिरहेको अवस्थामा ईश्वर लगायत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ५८ हजार ६ सय ३० रुपैयाँ र २० बुक तास सहित पक्राउ गरेको जनाएको छ।

त्यस्तै, झापाको दमक नगरपालिका–६ फागुनन्द चोकमा पाँचथर मिक्लाजुङ गाउँपालिका–३ घर भएका ५० वर्षीय पवन लिम्बुले संचालन गरेको परदेशी होटलमा तास खेलिरहेको अवस्थामा पवन लगायत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त होटलमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५७ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्