Logo

एमालेमा बादल, रायमाझी र भट्टको फड्को



काठमाडौं, १४ मंसिर । नेकपा एमालेमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्टले अर्को फड्को मारेका छन् । उनीहरु १०औं महाधिवेशनमा पदाधिकारीमा निर्वाचित भएका छन् ।

बादल पुछारमा रहेर उपाध्यक्षमा निर्वाचित भएका हुन् । यसलाई उनको एमालेभित्र अनुमोदनका रुपमा लिइएको छ ।

रायमाझी र भट्ट पनि निर्वाचित भएका छन् । उनीहरुले एमालेको पदाधिकारी बनेर फड्को मारेका छन् ।

नेकपा माओवादीमा रहेर जनयुद्धमा समेत भाग लिएका यी तीन नेताहरुले प्रचण्डसँग विद्रोह गरी केपी शर्मा ओलीलाई साथ दिएका थिए । यही गुन तिर्न ओलीले उनीहरुलाई पदाधिकारीमा चयनका लागि सूचीमै राखेका थिए । ओलीको सूचीलाई पदाधिकारीको चुनावमा एमाले कार्यकर्ताले अनुमोदन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्