Logo

चीनमा १०६ बर्षे वृद्धलाई लगाइयो कोभिड-१९ विरुद्धको खोप



बेइजिङ, १४ मङ्सिर: चीनमा १०६ बर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ । चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार ती व्यक्ति खोप लिने मध्येका हालसम्का सबै भन्दा वृद्ध हुन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङवेईले पत्रकार सम्मेलनमा बताएअनुसार ‘चीन भित्र र बाहिर गरी ६० वर्षभन्दा माथिका मानिसहरूलाई हालसम्म चिनियाँ कोभिड-१९ खोपको ५० करोड डोज दिइएको छ।

चिनियाँ खोपले वृद्धहरूमा राम्रो प्रतिरोधात्मक क्षमता देखाएको पनि झेङले बताएका छन् । साठी वर्ष भन्दा माथिका मानिसहरूमा खोपको प्रतिकूल प्रभावको दर १८-५९ उमेर समूहमा देखाइएको तुलनामा थोरै कम रहेको अध्ययनले देखाएको छ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्