Logo

पशुपति शमशेर राप्रपाको ‘निर्वाचन प्रक्रियाबाट अलग’ (विज्ञप्तिसहित)



काठमाडौं, १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणा पार्टीको महाधिवेशनमा नेतृत्वका दाबेदारहरु कमल थापा र राजेन्द्र लिङ्देनमध्ये कसैको पक्षमा पनि खुलेनन् । उनले आज विज्ञप्ति जारी गरी निर्वाचन प्रक्रियाबाट नै अलग रहने घोषणा गरेका छन् ।

राणाले आज विज्ञप्ति जारी गरी पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने निधो गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्,‘ नेतृत्वको रस्साकसीमा फेरी पनि टुट र फुटको श्रृङ्खला नदोहोरियोस् भन्ने मेरो चाहना हो । त्यसैकारण देशव्यापी सद्भावना र समर्थनका बाबजुद, पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने मैले निधो गरेको छु ।’

उनले सहमति र सर्वसम्मतिका आधारमा पार्टी नेतृत्व चयनको आग्रह समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्