Logo

‘स्याङ्जामा निर्माणाधिन गोरखा स्मारक ट्रष्ट’ डाँका शैलीमा सरकारले भत्काएको भन्दै संरक्षक गुरुङ आक्रोशित (प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रसहित)



काठमाडौं, १४ मंसिर । गोर्खा भुपु सैनिक संघ (गेसो) का संरक्षक तथा ‘गोर्खा स्मारक ट्रष्ट साल्मे डाँडा, स्याङ्जा’ का सभापति पदम बहादुर गुरुङले भूपु सैनिकहरुको लगानीमा निर्माण गरिरहेको सम्पदामाथि सरकारले डाँका शैलीमा अतिक्रमण गरेको भन्दै विरोध गरेका छन्। उनले यस सम्बन्धमा प्राविधिक सहितको सर्वपक्षीय समित गठन गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएको पनि जनाएका छन् ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा गोर्खा सैनिकले उठाएका माग, जारी आन्दोलन लगायत विषयमा गरिएको विषेश अन्तरक्रिया कार्यक्रममा बोल्दै गोर्खा भु.पु. सैनिक संघका संरक्षक तथा गोर्खा स्मारक ट्रष्टका सभापति पदमबहादुर गुरुङले सो कुराको जानकारी गराएका हुन् ।

कार्यक्रममा गुरुङले स्याङ्जा जिल्लाको साल्मे डाँडामा सैनिकले गरेको त्यागस्वरुप भु.पु सैनिकहरुको लगानीमा निर्माणाधिन राष्ट्रिय गौरवको गोरखा समाधिमाथि ब्रिटिशको आदेशमा नेपाल सरकारले अतिक्रमण गरेको आरोप लगाएका थिए ।

साथै, उनले राष्ट्रिय गौरवको सम्पदामाथि सरकारले अतिक्रमण गर्नुपर्ने कारण जनसमक्ष सार्वजनिक नगरेसम्म बाँकी रहेको चार चरणको निर्माणलाई अघि बढाउन नसकिने धारणा राखेका थिए ।

गुरुङले नेपाली भूमिमा गैरकानूनी ब्रिटिश सैनिक क्याम्प राखेर, नेपाली नागरिकलाई बहुराष्ट्रिय सेनामा पठाई छिमेकी राष्ट्र चीन र पाकिस्तानलगायत विश्वमा नेपालसँग कुटनीति सम्बन्ध रहेका मित्र राष्ट्रहरुको सार्वभौम भूमिमा गैरसैनिक नेपालीहरुलाई “बहादुर गोरखा” बनाएर यूद्ध लडन पठाउने, यो नेपाल सरकारको मित्र राष्ट्रहरुप्रतिको आफनो नीति हो कि ब्रिटिशको नीति हो ? भनेर पनि प्रश्न गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तीमा ‘नेपाली नागरिकलाई ब्रिटिसले बहूराष्ट्रिय सेनामा पठाई विश्वमा यूद्ध लडाएर विगत २०० वर्ष देखि मानवव्यापर गरिरहेको अवस्थामा नेपाल सार्वभौमसत्तासम्पन्न राष्ट्र हो कि ब्रिटिशको उपनिवेश हो ? ब्रिटिससँगको यो समस्या समाधान नगरेसम्म नेपाल सार्वभौम राष्ट्र हुन सक्दैन’ लगायतका विषय उल्लेख छन् । उनले यीनै विषयमा केन्द्रित रहेर आफूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ पृष्ठ लामो प्रतिवेदनसमेत बुझाईसकेको जनाए ।

कार्यक्रममा बोल्दै नेकपा (माले) का महासचिव तथा पुर्व उपप्रधानमन्त्री सिपी मैनालीले ब्रिटिसहरु नेपलीहरुको प्रदर्शन र विरताबाट प्रभाबित भएको तर उनीहरुले गोर्खालीको विरतालाई आफ्नो स्वार्थमा प्रयोग गर्नको निम्ति आकर्षत भएको भन्दै विदेशी सेनामा नेपालीहरुको भर्ति सुरु भएको इतिहास सम्झाएका थिए ।

उनले भने, ‘पुर्वी मोर्चा र पश्चिमी मोर्चामा गोर्खालीहरुले शानदार प्रदर्शन गरेपनि कैयौं मोर्चामा गोर्खा सैनिकले हार व्यहोर्न परेको थियो, त्यसैको परीणामस्वरुप १८१६ मार्च ४ मा अन्यायपुर्ण र असमान सुगौली सन्धी नेपाल र ब्रिटिसबीच सम्झौता भयो । बिना पेन्सन फकिनुपर्नेलाई पनि पेन्सन दिइनुपर्ने, नेपालबाट गएका सैनिकहरुले पनि समान सुबिधा पाउनुपर्ने माग राखेर विभिन्न कानुनी र राजनीतिक लगाडी लडेपछि त्यसले महत्वपूर्ण उपलब्धी हाँसिल गरेको छ । यद्धपी सबै पूर्वसैनिकहरु त्यसबाट लाभान्बित भइसकेका छैनन्’ ।

२००६ सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापित हँुदा सुरुवाती चरणमै नेकपाले गोर्खा भर्तिको चरणलाई समाप्त पारौं भनेको स्मरण गराएका थिए । ‘यो सटिक कुरा हो र त्यसलाई ठाउँको ठाउँ गर्न नसकेपनि समय क्रममा त्यसलाई पुरा गर्नैपर्छ’–उनले भने ।
महासचिव मैनालीले विदेशी मुलुकको सेनामा गएका नेपालीहरुले नेपालले मित्र मानेका देशको विरुद्धमा लडाई लडिरहेको भन्दै त्यसो गर्नु देशको स्वतन्त्रताको मजाक उडाउनु भएको टिप्पणी गरे । साथै, उनले एक स्वायत्त संस्थाले बनाएको स्मारकलाई त्यसको मौलिकतालाई बङ्ग्याउनेगरि सरकारले गरेको हस्तक्षेपलाई मूर्दावाद भनेका थिए ।

कार्यक्रममा बोल्दै प्रा.डा. सुरेन्द्र केसीले ब्रिटिस साम्रााज्यको विस्तार र सुढृदिकरण लागि संसारको सबैभन्दा बढि रगत गोर्खाली सैनिकको दुरुपयोग भएको तर, अंग्रेज इतिहासकारहरुका दस्तावेजहरुमा उनीहरुका गौरवशाली पाटोलाई मात्र प्रष्ट पारिएको भन्दै दुःख व्यक्त गरेका थिए ।

तर, २०४६ सालको परिवर्तनपछि ब्रिटिस आर्मीमा भएका भित्री रहस्य पदमबहादुर गुरुङले ल्याएको भन्दै आफुले त्यसबारे केही जानकारी लिन पाएको बताएका थिए । केसीले ब्रिटिस कोर्टमा गएपछि क्रमशः यो आन्दोलनको परीणाम देखिन थालेको बताए ।

केसीले अन्य देशका सैनिकमा गार्खालीहरुले सहयोग गरेको तर, त्यसको साटोमा त्यस देशले नेपाललाई पीडामात्र दिएको भन्दै दुःख व्यक्त गरे । ‘५५ हजार भन्दा बढि गोर्खा सैनिकहरु भारतीय सेनामा रहेको, भारतीय सिमानाको रक्षा गरेको तर, त्यसको साटो भारतले तुईन काटेर नेपालीहरुलाई खोलामा बगाइदिने गरेको छ । यो अवस्था नेपालको मात्र नभएर हङकङ, सिङगापुर, मलाय लगायतको कुरा यस्तै छ’–उनले भने ।

साथै, उनले १९३९–१९४५ सम्म गोर्खा सैनिकलाई लडाइएको तर, युद्ध सकिएपछि बिना तलब फर्काइएको रहस्य खुलेको पनि धारणा राखे । ‘यस्तो विभेदको बारेमा नेपाल सरकारले चासोको विषय बनाउनुपर्छ । नेपालका राजनीतिक दलहरुले यस्ता विषयलाई पनि चुनाव घोषणापत्रमा प्रवेश पाउनुपर्छ’–उनले भने । यस्तै, फरक प्रसंगमा बोल्दै केसीले नेपालका राजनीतिक दलहरुमा नेतृत्व हस्तान्तरणको परिपाटी ल्याउनुपर्नेमा जोड दिए ।

 

सम्माननीय प्रधानमन्त्रीज्यु,
प्र.म.को कार्यालय सिंहदरबार,
काठमाण्डौ, नेपाल ।

विषय : प्राविधिक सहितको सर्वपक्षिय समिति गठन गरी पाउँ ।

विश्वमा युद्ध लड्ने सैनिक हैसियत नभएका नेपाली नागरिकलाई तस्करी गरी बृटिस सेनामा लगि गैर सैनिक नेपालीहरुलाई युद्धमा मानब ढाल बनाई विश्व युद्ध जितेपछि, नेपाललाई क्षतिपुर्ति दिनुपर्छ भनि युद्धमा जातीय नरसंहार गरिएका ८० हजार भन्दा बढि गोर्खाहरुको अवस्था बारे अहिले सम्म गुपचुपमा लुकाएर राखेको अभियोगमा, बृटिसलाई अन्तराषर््िट्रय सम्बन्धित निकायमा मुद्दा हालेर मानवीय क्षतिपुर्ति सहित नेपाललाई बृटिस साम्राज्यको चंगुलबाट मुक्ती दिलाउन गेसोले भु.पु. सैनिकहरुकोे लगानीमा निर्माण गरि रहेको राष्ट्रिय गौरवको गोर्खा समाधि माथि बृटिसको आदेशमा नेपाल सरकारको डाँका शैलीमा अतिक्रमण किन ?

राष्ट्रिय गौरवको सम्पदा माथि सरकारले अतिक्रमण गर्नुपर्ने कारण जन समक्ष सार्वजनिक नगरे सम्म बाँकी रहेको चार चरणको निर्माणलाई अघि बढाउन नसकिने भएकोले सर्वपक्षिय समिति गठन गरि पाउँ । नगरिएमा गैर सैनिक नेपाली नागरिकलाई युद्धमा होमी नरसंहार गरेर वेपत्ता बनाउने गैर कानुनी पेशामा बृटिसको सहयोगी बनेको अभियोगमा नेपाल सरकार विरुद्ध अन्तराष्ट्रियकरण गरी विश्व अभियान संचालन गरि संयुक्त राष्ट्र संघमा विश्व पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ ।

विषय प्रवेश,
सम्माननीय प्रधानमन्त्री ज्यु, नेपालका तत्कालिन श्री ३ राणाा शासक र बृटिसको बिचमा आ–आफ्नो स्वार्थमा अनुकुल हुनेगरि, सार्वभौम राष्ट्रका नेपाली नागरिकहरुको प्रतिष्ठामा आघात पुग्ने गरि पशुसरह मानव बेच विखनको मौखिक लेनदेन गरि,बिना तलब बृटिस सेनामा लगि शोषणमा पारिएका नेपालीहरुलाई अधिकार दिलाउन मेरो नेतृत्वमा गेसोले राष्ट्रिय तथा अन्तराषर््िट्रय स्तरमा विभिन्न अभियानहरु संचालन गर्ने क्रममा नेपाली सार्वभौम भुमिमाथि बृटिसले शासन गरि रहेको रहस्य पत्ता लाग्यो ।

यसलाई पुष्टि गर्ने आधार ः
नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्रहो । बृटिसको उपनिवेश होइन । सार्वभौम राष्ट्रका नागरिकलाई सरकारले चाहदैमा सन्धि सम्झौता गरि सेना जस्तो युद्ध लड्ने गैर कानुनी पेशामा बृटिस सेनमा लगि तेश्रो राष्ट्र विरुद्ध युद्धहरुमा प्रयोग गर्न पाइदैन, गरेमायुद्ध अपराध हुन्छ । यस्तो गैर कानुनी पेशामा राणा शासन काल देखि अहिले सम्म नेपालीहरुलाई बृटिस सेनामा पठाई तेश्रो राष्ट्र विरुद्ध बृटिसको स्वार्थमा युद्ध लड्न पठाउने मानब तस्करी पेशालाई यद्याबधि जारी राखेका छन् ।

श्री ३ राणाा शासकहरुले हुकुमी आदेश दिएर बृटिसलाई बेच्ने गरेका नेपालीहरुलाई राणा पछिका नेपालका श्री ५ महाराजाहरुको शासनकालमा खुलेआम नेपाली भुमिमा बृटिस साम्राज्यबादीको गैर कानुनी सैनिक क्याम्प राख्ने अनुमति दिएर युगौँ देखि सार्वभौम सत्ता सम्पन्न रहदै आएको नेपालको राष्ट्रिय अस्तित्वलाई श्री ५ महाराजाहरुले समाप्त पारिदिएका छन् । यो कुनै इतिहास वा मस्त निद्रको सपना होइन ।

सार्वभौम भनेको जन्म दिने आमा भन्दा पनि माथिको धर्तिमाता हो । आफ्नो धर्तिमाताको छाति माथि टेकेर बृटिसको सैनिक बुटले धुलो उडाउदै कवज खेल्न पाउने अनुमति दिएर हामी नेपालीहरु कुन युगको सार्वभौम राष्ट्रमा छौ ?

बृटिसले नेपालको एक तिहाई भुभागलाई भारतमा गाभी दिएर पनि अझ चित्ता न बुझि बाँकी रहेको नेपालको सार्वभौम भुँमिलाई यसरी छिया छिया पारि दियो ।

बृटिसले नेपाली भुमिमा सैनिक क्याम्प राखेर नेपाली नागरिकलाई भारतीय सेना, बृटिस सेना, सिंगापुर र बु्रनाई गरि एउटै राष्ट्रका नागरिक एउटै बाबुआमाका छोराहरुलाई चार राष्ट्रको सैनिक जस्तो युद्ध लड्ने पेशामा बिभाजन गरि दिएर नेपाललाई विश्वमा विचित्रको देश बनाई दियो ।

यस्ले गर्दा नेपालीहरुको घर परिवारमा, समाजमा फुट पैदा गरि दियो । सिंगो नेपालीहरुको मस्तिष्कलाई आफ्नो मातृभुमिबाट अलग्याएर बहु राष्ट्रियतामा परिणत गरि दियो । अखण्ड नेपाललाई विखण्डन गरि दिएर नेपाललाई कम्जोर राष्ट्र बनाई दियो ।

विश्वको नजरमा नेपाललाई “रक्त विपाशु लडाकु” निर्यात गर्ने देशको रुपमा बदनाम गरि दिएर नेपाललाई अस्तित्व हिन राष्ट्र बनाई दियो ।विश्वमा सार्वभौम राष्ट्रका स्वाभिमानी नेपाली नागरिक हौ भनि गौरव गर्ने ठाउँ कतै रहेन ।

नेपाली नागरिकलाई भारतीय सेनामा पठाएर चीनसँग युद्ध लडाई सकेको छ । फेरी पनि लड्नका लागि तयारीमा छन् । अब पनि नेपाली नागरिक भारतको बहादुर गोरखा बनेर चीनको सार्वभौम भुमिमा युद्ध लडन गए भने, चीनले नेपाललाई छिमेकी राष्ट्र भनेर माया गर्नु पर्ने कुनै कारण छ ?
दुई विशाल छिमेकी राष्ट्रको बिचमा रहेको नेपालले, एक छिमेकी राष्ट्रको सेनामा आफ्ना नागरिक पठाई अर्को छिमेकी राष्ट्रको सार्वभौम भुमिमा युद्ध लड्न पठाउने, यो नेपाल सरकारको छिमेकी राष्ट्र प्रतिको आफ्नो नीति हो कि बृटिसको नीति हो ?यो अति संवेदनशील विषय हो, सरकार बोल्नु पर्दछ ।

नेपाल माथि बृटिसको यस्तो जघन्य अपराधको राजनीति षडयन्त्र किन ?राणा शासनकाल देखि नेपाली शासकहरुको आनीबानी राम्रोसँग बुझेको अंग्रेजले, नेपाललाई कमजोर राष्ट्र बनाई राख्न सक्यो भने, नेपाललाई अखडा बनाएर पश्चिमि राष्ट्रका भुमिगत गिरोहहरुलाई एशियाको राजनीतिमा विशेष गरि चीनको राजनीतिमा चलखेल गर्न अनुकुल हुने देखेको धुर्त अंग्रेजले,

नेपालमा स्थायी सरकार बनेर नेपाललाई विकास गर्न न दिन आफु देखा नपरि गिरोह मार्फत नेपाली शासकहरुलाई आफ््नो कब्जामा लिएर नेपालमा अकल्पनीय घटना तथा राजनीति घटनाहरु घटाई रहेको हुन्छ । विशेष भुमिकाको लागि अन्तराष्ट्रिय शक्तिहरुलाई परिचालन गर्दछ । नेपालमा राजनीति पार्टीहरुलाई दह्रो हुन नदिनु, बहुमत र दुई तिहाईको सरकार असफल हुुनुको मुख्य कारण बृटिस हो ।

सम्माननीय प्रधानमन्त्रीज्यु,

नेपालबाट युवा तस्करी गर्ने गैरकानुनी बृटिस सैनिक क्याम्प हटाएर नेपालीहरुलाई बहुराष्ट्रिय सेनामा पठाई नेपालको छिमेकि राष्ट्र चीन र पाकीस्तान लगायत विश्वमा नेपालसँग कुटनीति सम्बन्ध रहेका मित्र राष्ट्रहरुको सार्वभौम भुमिमा बृटिसको स्वार्थमा युद्ध लडन पठाउने घोर आपतिजनक पेशालाई नरोकेसम्म, सरकारमा बसेर निमुखा जनतालाई राष्ट्रबादको नारा दिएर देश र जनताले धान्नै नसक्ने विदेशी ऋणको भार बोकाएर ताजा जनाआदेशको नाउँमा चुनाव घोषणा गर्नु, देश र जनताको लागि यो भन्दा ठुलो अपराध अरु के हुन सक्छ ?

विभिन्न बाहानामा नेपाल आएका पश्चिमी राष्ट्रका भुमिगत गिरोहहरु सरकार भन्दा शक्तिशाली छन् । नेपालीहरुले यो पेशालाई परम्परा देखि चलि आएको संस्कारको रुपमा लिएको हुनाले बार्ता वा सरकारको कुटनीति पहलले बृटिससँगको समस्या समाधान हुन सक्दैन । यसका लागि बृटिस सेनाका गैर सैनिक नेपालीहरुलाई गेसो मार्फत अन्र्तराष्ट्रिय मुद्दा बनाउनु पर्दछ ।

गेसोले बृटिससँग माग राखेनौ, बृटिसलाई चुनौति दियौ । बृटिसको सार्वभौमको लागि हजारौ गैर सैनिक नेपालीहरुले रगतको खोलो बगाए, हजारौले जिवनको बलिदान दिएकाले, बृटिस नागरिक समानको अधिकार राख्यौँ ।
विश्वको इतिहासमा पहिलो पटक मेरो नेतृत्वमा नेपाली नगारिकले, विश्वका साम्राज्यवादीको नाइके प्रधानमन्त्री टोनी ल्वयरको श्रमिति चेरी ल्वयरलाई प्रति घण्टा ५ सय पाउण्ड फि तिरेर गेसोको वकिलमा नियुक्ति ग¥यौँ ।

विश्व की सम्राट महारानीलाई विपक्षी बनाई गोर्खाहरुलाई शोषण गरेको अभियोगमा बेलायतको रोयल कोर्ट अफ जस्टिसमा मुद्दा हालेर बिश्वलाई नेपालको परिचय गरायौँ ।

मुद्दा जितेर नेपालका शासकहरुले बृटिसलाई बेचेको गोरखाहरुलाई मुक्ति दिलायौ । मुद्दा जितेको दिन सन् ३० सिप्तेम्बर २००८ देखि मात्र गोरखा व्रिगेडका नेपालीहरुलाई बृटिस सेनामा समायोजन गरि पेन्सनमा नेपाल आई सकेका भु.पु. सैनिकहरु बाहेक सेवामा रहेका गोर्खाहरुलाई समानताको अधिकार दिलाएर नेपाल र नेपालीहरुको प्रतिष्ठालाई उच्च बनायौँ ।

बर्षौ देखि बदुवा मजदुर बनाएर शोषणमा पारिएका गोरखाहरुलाई अधिकार दिलाई सकेपछि, नेपाललाई बृटिसको पन्जाबाट मुक्ति दिलाउने निर्णय ग¥यौँ ।

प्रथम विश्व युद्ध देखि अहिले पनि मध्यपुर्व र विश्वको विभिन्न देशमा युद्ध लडि रहेका बृटिस सेनाका नेपालीहरु गैर सैनिक हुन । यी नेपालीहरु बृटिसको बैधानिक सेना हुनका लागि नेपाल बृटिसको उपनिवेश भएको हुुनु पर्दछ । यस बाहेक सन्धि सम्झौता वा दुवै देशको संसदले पारित गरे पनि बैधानिक सेना हुन सक्दैन । यो पेशा श्रम होइन, एक देशका नागरिक दोश्रो देशको सेनामा गएर तेश्रो राष्ट्रको सार्वभौम भुमिमा युद्ध लड्ने गैर कानुनी पेशा हो ।

गोरखा पोलिसि बृटिस संसद बनाएको हो भने बृटिस संसद मानव अधिकारवादी होइन जातिवादी संसद हो । आप्mना राष्ट्र सेवक गोरखाहरुलाई रंगको आधारमा छुटै कानुन बनाएर शोसन ग¥यो, विश्वमा मानव व्यापार ग¥यो, गैर सैनिक नेपालीहरुलाई युद्धमा मानव ढाल बनाइ ८० हजार भन्दा बढी गोरखाहरुलाई नर संहार गरि बेपत्ता बनायो यो संसद नेपालीहरुको “रक्त पिपाशु ” जातीवादी सैतान संसद हो । बृटिस संसदलाई चुनौती दिन्छु यसको खण्डन गरोस ।

गोरखा पोलिसि हाकिमले बनाएको हो भने गोरखा ब्रिगेड अवैध संस्था हो । अवैध संस्थामा साधारण नागरिकलाई भर्ती गरी युद्धमा प्रयोग गर्न पाइदैन, गरेमा नरसंहारको अपराध हुन्छ ।

यहि अभियोगमा बृटिस लाई अन्तराष्ट्रिय सम्बन्धित निकायमा मुद्दा हालि विश्वको पनि समर्थन लिएर विभिन्न युद्धाहरुमा नरसंहार गरिएका हजारौँ नेपालीहरुको मानवीय क्षतिपुर्ति सहित नेपाललाई बृटिसको चंगुलबाट मुक्ति दिलाउने मुख्य लक्ष्य राखि मेरो नेतृत्वको गेसोले प्रमाणको रुपमा विश्वलाई देखाउन युद्धमा होमी बेपत्ता पारिएका नेपालका जातजाति तथा जनजातिहरुका हजारौँ पितापुर्खाहरुको चीर शान्ति तथा सम्झनामा गोर्खा समाधि निर्माण गर्ने निर्णय गरेका हौँ ।

गोरखा समाधिलाई अन्तराष्ट्रिय मापदण्ड पुग्ने गरी विशेष ढंगले निमार्ण गरिएन भने विदेशी पर्यटक र भी.आई.पीहरु आउदैनन् भी.आई.पी. आएनन् भने समाधिको औचित्य रहदैन । त्यसकारण नेपालका ख्याति प्राप्त ईन्जिनियर शंकरनाथ रिमालज्यूले गुरु योजनाको डिजाईन तयार गर्नु भयो र भन्नु भयो विश्वमा बृटिसले कहि पनि शिर निहुराएको छैन । यो समाधिमा आएर उसको शिर निहुरिन पर्ने गरिडिजाईन गर्छु र भोलिका शन्तानहरुलाई एउटा कृर्ति छाडि राखछु भनि प्रतिज्ञा गर्नुभयो ।

निर्माणलाई ५ चरणमा विभाजन गरेका छौ । (१) विभिन्न युद्धहरुमा नरसंहार गरेर अहिले सम्म बेपत्ता पारिएका ८० हजार भन्दा बढि नेपालीहरुको चीर शान्तिका लागि गोरखा समाधि, (२) बहु जातिय संग्रालय, (३) बहु जातिय संस्कृति ग्राम (४) नेपालको सब भन्दा अग्लो गोरखा टावर र (५) विश्वका पर्यटकहरुको आकर्षक सुस्त गतिमा चल्ने ५ डब्बाको पहाडे रेल । विवरण अब धारण पत्रमा उल्लेख छ ।

सम्पुर्ण योजनालाई सम्पन्न गर्न अनुमानित बजेट रु.दश अर्बको हो । सरकारको पैसा लिएमा षडयन्त्र हुने भएकाले नेपाल र बृटिस सरकारको पैशा न लिने निर्णय गरिएको छ । सो रकमको व्यवस्था गर्न सक्ने सामाथ्र्य गेसो नेतृत्वले राख्दछ ।

गोसोले मुद्दा जितेपछि बेलायत जान पाएका भु.पु. सैनिकहरुसँग समाधि निर्माणको लािग ऋण भनेर पैसा उठायौँ । रिमालको डिजाइनमा उहाँका सहयोगी इन्जिनियर जीबन प्रसाइको रेखदेखमा गण्डकी प्रदेशको अति रमणिय पर्यटकीय क्षेत्र स्याङजा जिल्ला फेदीखोला गाउँपालिका १, साल्मेडाँडामा करिब ३ सय रोेपनीको क्षेत्रफलमा विश्वको अद्धितिय नेपालको रााष्ट्रिय गौरव तथा विश्वको समेत सरोकारको विषय बन्ने बहु उद्देश्यि परियोजना गोरखा समाधि निर्माणको काम २०७० असार ९ गते देखि सुरु भयो ।

बृटिसका प्रधानमन्त्रीलाई गेसोको चुनौतिः

बृटिसको सार्वभौमको लागि विश्वमा बहादुर कहलिएर जिवनको बलिदान गरेका गोरखाहरुको जन्म भुमि नेपालमा बृटिसका कुनै पनि प्रधानमन्त्रीहरुले खुट्टा सम्म न टेकेको रहस्यलाई विश्व सामु सार्वजनिक गरि दिन, प्रथम चरणको समाधि सम्पन्न भएपछि नेपाल र बृटिसका सम्माननीय प्रधानमन्त्री ज्युहरुको संयुक्तमा समाधि उद्घाटन गर्ने कार्यक्रम राखेका छौ ।

उद्घाटनको कार्यक्रमलाई विश्वमा चर्चाको विषय बनाउन ४५ दिन अगावै, गैर सैनिक नेपालीहरुलाई मानव ढाल बनाई विश्व युद्ध जिते पछि नेपाललाई क्षतिपुर्ति दिनु पर्छ भनी युद्धमा होमीजातीय नरसंहार गरिएका हजारौँ गोरखाहरुको अवस्था बारे बृटिसले अहिले सम्म सार्वजनिक गरेको
छैन ।
तिनै गोरखाहरुको सम्झनामा पिडित भु.पु.सैनिकहरुको लगानिमा निमाणर््ा गरेको गोरखा समाधिलाई नेपाल र बृटिसका सम्माननीय प्रधानमन्त्रीज्युहरुको संयुक्तमा उद्घाटन गर्दै छन् भनि संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यु योर्कमा विश्व पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कार्यक्रम राखेका छौ ।

विश्व युद्धमा “बहादुर” कहलिएका गोरखाहरु नेपालबाट मानव तस्करि गरिएका गैर सैनिक नेपाली नागरिक थिए भन्ने रहस्य विश्व सामु सार्वजनिक भएपछि बृटिसले विश्व युद्ध जितेको इतिहास माथि ठुलो प्रश्न खडा हुन्छ । बृटिस सेनाका नेपालीहरु विश्वको मुद्धा बन्न पुग्दछन् । किन भने बृटिसको आदेशमा गैर सैनिक नेपालीहरुले विश्वका हजारौ प्रजातन्त्रका सेनानीहरुलाई मारेका छन् । हजारौँ निर्दोष नागरिक मारेका छन् । गोरखाहरुको कारणले युद्धा हारेका छन् ।

यति भएपछि विश्वका मिडियाहरुको ध्यान बृटिस सेनाका नेपालीहरुमाथि केन्द्रित हुन्छ । बृटिसका प्रधानमन्त्री नेपाल आए पनि नआए पनि तिनका पुर्खाहरुले नेपाललाई फसाउन खनेको खाल्टोमा उ आफै फस्न जान्छ । युद्धमा नर संहार गरेर बेपत्ता पारिएका हजारौँ गोरखाहरुको मानवीय क्षतिपुर्ति दिनु पर्दछ । दिन नसके बृटिस सैनिक क्याम्पको झण्डा खोसेर राख्छौ । यो घटनाले विश्वमा नेपालको प्रतिष्ठा सगरमाथाको उचाईमा पुग्छ ।

यसपछि नेपाल आफै बृटिसको चंगुलबाट मुक्त भै कलङ्करहित सर्वाभौम सत्ता सम्पन्न राष्ट्र नेपाल भएर, विश्व सामु गौरवका साथ गतिशील मार्गदर्शनको बाटोमा अग्रसर हुदैँ देशको विकास गरि सम्पन्न र समृद्ध हुदैँ शक्तिशाली नेपाल भएर दुई विशाल छिमेकी राष्ट्रको विचमा एउटा गतिशिल पुलको रुपमा उपस्थित हुने छ भन्ने विश्वास गेसो नेतृत्वले लिएका थियाँँै ।

सम्माननीय प्रधानमन्त्रीज्यु,

हामी शासकहरुबाट बेचिएका अंग्रेजको आमा चक्कर गाली सुन्दा सुन्दा मानसिक सन्तुलन गुमाई सकेका लाहुरेहरुले राष्ट्रको बारे यति ठुलो चिन्ता लिएर नेपालका शासकहरुले बृटिसलाई सुम्पि दिएको नेपालको राष्ट्रिय अस्तित्वलाई फर्काउन सरकारको असहयोग बृटिसको डरलाग्दो षडयन्त्र, म माथिको सांघातिक हम्ला, करोडाँेँ भ्रष्टचारको आरोप, गोर्खा ब्रिग्रेडका आर्मि चिफ जेनेरल कावानले पदम बहादुरलाई भौतिक कार्वाही गर्नु पर्छ भनि राजा विरेन्द्रलाई दिएको निवेदन ।

(मैले देखेको दरबार विवेक शाह ३१२–१४¬) वृटिसको गुप्तचारले म माथि गरेको अनुसन्धान

यस्ता षडयन्त्रहरुको डटेर सामना गर्दै अघि बढयाँँै । भु.पु. सैनिकहरुको आफ्नै खर्चमा २७ बर्ष सम्म नेपालको राष्ट्र्रिय स्वाधिन्ताको मुद्धा लडेर मातृभुमि प्रति बफदारीको उदाहरण देखाई दियो ।

विश्वको पनि समर्थन लिएर नेपाललाई बृटिसको गिद्धे पन्जाबाट मुक्ति दिलाउन, भु.पु. सैनिकहरुको करोडाँैको लगानीमा निर्माण गरि रहेको बहुचर्चित गोर्खा समाधिलाई इन्जिनियर शंकरनाथ रिमालको डिजाइन अनुसार सम्पन्न गर्न दियोभने, बृटिसले नेपाल माथि गरेका अनेकौँे राजनीति अपराधका षडयन्त्रहरु विश्वसामु छताछुल्ला भएर बृटिसको नुर गिर्नुकोसाथै नेपाललाई ठुलो मूल्य चुकाउनु पर्ने भएकोले बृटिसको आदेशमा नेपाल सरकारले नै षड्यन्त्र गरी षड्यन्त्रकारी पात्रहरु खडा गरी ऐतिहासिक सम्पदा माथी डाँका सैलीमा अतिक्रमण गर्न लगाइयो ।

बृटिसलाई बचाउन सरकारको षडयन्त्र
ज्ञ। म योजनाको परिकल्पना गर्ने र गेसो आन्दोलनका चर्चित पदाधिकारीहरुलाई किर्ते माइन्युटिङ गरि योजनाबाट हटाएर योजनाको उद्देश्य बारे सामान्य ज्ञान पनि नभएका बेलायतमा बस्ने भु.पु. सैनिकहरुलाई योजनाको आधिकारिक बनाई गिरोह मार्फत जिल्ला प्रशासन कार्यालय स्याङ्गजा गै दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा यस्तो किर्ते माइन्युटिङ दर्ता गर्न सक्ने बुद्धि र खुबि गिरोह बाहेक लाहुरेहरुमा हुँदैन ।

द्द। बेलायत बस्ने पुरनधोज गुरुङ्ग र स्थानिय गणेश वि.क.को नाउँमा किर्ते निवेदन दर्ता गरि योजनाको नाउँमा विभिन्न मन्त्रालयबाट रु.५ करोड ८० लाख निकासा गरि योजनाको विपरित डोजरले खाल्टो खनि ढलान गरेर निर्माणधिन सम्पदामा मन्त्री लगि उद्घाटन समेत गरि भु.पु. सैनिक र राज्यकोषको करोडौं रकम हिनामिना गरेका छन् ।

घ। म योजनाको आधिकारिक र गुरु योजनाको डिजाइन गर्ने इन्जिनियरलाई कुनै सुचना सम्म नदिई गेसोले निर्माण गरिरहेको योजनामा सरकारले ठेकेदारलाई जिम्मा दिएर प्राविधिक विना गुणस्तरहिन निर्माण गरि गुरुयोजनाको संरचना बिगारी दिएर राष्ट्र्रिय सार्वभौमको अस्तित्वसँग सम्बन्ध रहेको सम्पदालाई औचित्यहीन बनाई दिएर कुनै पनि विदेशी पर्यटकहरु नआउने बनाई दिएका छन् ।

सरकारले गरेको राष्ट्रघाति कदमलाई सच्याउन बृटिसलाई चुनौति दिदै हामी अघि बढ्यौ । सरकारले नखोजेको इतिहास खोज्यौ बृटिसले लुकाई राखेको रहस्यलाई विश्व सामु सार्वजनिक गरि विश्वको पनि समर्थन लिएर नेपाललाई बृटिस साम्राज्यवादीको चंगुलबाट मुक्त्ति दिलाएर भोलीका सन्तानहरुलाई कसैसँग नझुकी गतिशील मार्गदशनको अग्रगति बाटो देखाई राख्ने मुख्य लक्ष्य राखि, युद्धमा नर संहार गरि बेपत्ता पारिएका ८० हजार भन्दा बढी नेपालीहरुको सम्झनामा ऐतिहासिक गोरखा समाधि निर्माण गर्ने निर्णय गरेका हौं ।

नेपाल सरकारले आफ्नो स्वार्थको लागि बृटिसलाई सुम्पि दिएको नेपालको सार्वभौमको अस्तित्वलाई मुक्ति दिलाउन हामी भू.पु. सैनिकहरुको करोडौको लगानीमा निर्माण गरि रहेको राष्ट्रिय तथा विश्वको पनि सरोकारको बिषय रहेको राष्ट्रिय गौरबको सम्पदा माथि सरकारले अतिक्रमण गर्नु भनेको सरकारको लाचारीपन सिवाय अरु के हुन सक्छ ?

राष्ट्रिय सार्वभौमको सवालमा हामी सरकारको आज्ञाकारी रैती बनेर चुप लागेर वस्न सक्दैनौ । स्वाभिमानी नेपाली नागरिक भएर अघि वढ्दछौ । नेपाललाई वृटिसको मैदान बन्न कुनै पनि हालतमा दिदैनौ ।

सरकारमा बस्नेहरुले जनतालाई ढाट्न पाइदैन । यथार्थ कुरा बताउनु पर्दछ । नेपाली जनतालाई यी कुराहरुको स्पष्ट नपारेसम्म नेपाली जनताले जतिसुकै शक्तिशाली बनाएर सरकारमा पठाए पनि सुशासन चलाउन सक्दैन ।

१) नेपाली भूमिमा युवा तस्करी गर्ने गैर कानूनी बृटिस सैनिक क्याम्प राख्न दिएर, नेपाली नागरिकलाई बहुराष्ट्रिय सेनामा पठाएर नेपालको छिमेकी राष्ट्र चीन र पाकिस्तान लगायत विश्वमा नेपालसँग कुटनीतिक सम्वन्ध रहेका मित्र राष्ट्रहरुको सार्वभौम भूमिमा युद्ध लड्न पठाउने यो नेपाल सरकारको मित्र राष्ट्रहरु प्रतिको आफ्नो नीति हो की वृटिसको नीति हो ? यो कुराको स्पष्ट नपारेसम्म सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपाल भनेर जनतालाई ढाट्न पाइदैन ।

२) बृटिस सेनाका नेपालीहरु युद्ध लड्ने सैनिक हैसियत नभएका नेपाली नागरिक हुन । युद्ध लड्ने सैनिक हैसियत नभएका साधारण नागरिकलाई युद्धहरुमा प्रयोग गर्न पाइदैन, गरेमा जातिय नर संहारको अपराध हुन्छ भन्ने कुरा सरकारलाई थाहा हुनु जरुरी छ की छैन ?

३) राष्ट्रको यस्तो नाजुक अवस्थामा निर्माण गरेको नेपालको संविधानको संवैधानिक हैसियत के हुन्छ ?

बृटिससंगको यो समस्या समधान नगरे सम्म नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र हुन सक्दैन । गेसोले वृटिससँगको यहि समस्या समाधान गर्नका लागि वहुउद्देश्यीय गोरखा समाधि निर्माण गर्ने निर्णय गरेका हौं ।

गैर सैनिक नेपाली नागरिकलाई प्रथम र दोश्रो विश्व युद्धहरुमा मानव ढाल बनाई जातिय नरसंहार गरि वेपत्ता पारेको अभियोगमा बृटिसलाई अन्तराष्ट्रिय सम्बन्धित निकायमा मुद्दा हालेर नेपाललाई वृटिसको चंगुलबाट मुक्ति दिलाउन भू.पु. सैनिकहरुको लगानीमा निर्माण गरि रहेको सम्पदा माथि सरकारले राज्य कोषबाट यति ठुलो रकम निकासा गरि राष्ट्रिय गौरबको योजनामाथि डाँका शैलीमा अतिक्रमण गर्नु, यो भन्दा लज्जास्पद अरु के हुन सक्छ ?

सरकारले योजना माथि अतिक्रमण गर्नुपर्ने कारण जनसमक्ष सार्वजनिक नगरेसम्म बाँकी रहेको चार चरण निर्माणको कार्यलाई अघि बढाउन नसकिने भएकाले योजनालाई इन्जिनियर शंकरनाथ रिमालज्यूको गुरुयोजना अनुसार सम्पन्न गरि नेपाललाई बृटिसको कब्जाबाट मुक्त्ति दिलाएर सार्वभौम राष्ट्र नेपालको स्वाभिमानी नागरिक भएर विश्वसामु गौरव गर्ने कि ?

नेपाललाई यथास्थितीमा राखेर भोकानाङगा जनतालाई रैति सम्झेर राष्ट्रबादको नारा दिएर देशमा लुट मच्चाई रहने भन्ने सम्वन्धमा जन समक्ष सार्वजनिक गर्न ३ महिना भित्र प्राविधिक सहितको सर्व पक्षीय समिति गठन गरि पाउँ भनि सम्माननीय प्रधानमन्त्रीज्यूमा निवेदन गर्द छु ।

सरकारबाट समिति गठन नगरेमा युद्ध लड्ने सैनिक हैसियत नभएका नेपलाी नागरिकलाई युद्धमा होमी जातिय संहार गरि वेपत्ता पार्ने मानव विरोधी अपराध गरेको अभियोगमा नेपाल र वृटिस सरकार विरुद्ध अन्तराष्ट्रिय सम्बन्धित निकायमा मुद्धा हालेर संयुत्तः राष्ट्रसंघमा विश्व अभियान संचालन गर्ने कार्यक्रम रहेको व्यहोरा सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष निवेदन गर्दछु ।

निवेदक
पदम वहादुर गुरुङ्ग
संरक्षक गोर्खा भु.पु. सैनिक संघ (गेसो)
तथा
सभापति गोर्खा स्मारक ट्रष्ट साल्मे डाँडा, स्याङजा

 

 

 

 



प्रतिक्रिया दिनुहोस्