Logo

गायिका रिहाना बारबाडोसको राष्ट्रनायक घोषित



एजेन्सी, १४ मंसिर । गायिका रिहाना बारबाडोसको राष्ट्रनायक घोषित भएकी छिन् । बारबाडोसलाई गणतन्त्र घोषणा गर्न मुख्य भूमिका खेलेकी उनलाई राष्ट्रनायक घोषणा गरिएको हो ।

३३ वर्षीया बारबाडोसकी गायिकालाई प्रधानमन्त्री मिया मोटलेले गणतन्त्र घोषणाको समयमा यस्तो घोषणा गरेकी हुन् । उनलाई बारबाडोसको गणतन्त्रको आन्दोलनको नेता भनिएको छ ।

रिहाना बारबाडोसमा जन्मिएर किशोरावस्थामा संगितबाट करिअर बनाउन अमेरिका प्रवेश गरेकी थिइन् । जहाँ उनले संगितमा उचाई बनाइन् । उनी विश्वको अर्बपतिको सूचीमा छिन् ।

२९ नोभेम्बर अघिसम्म बारबाडोसको राष्ट्रप्रमुखमा बेलायतको महारानी एलिजावेथ थिइन् । अब त्यहाँ राष्ट्रपति नै राष्ट्रप्रमुख हुने व्यवस्था भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्