Logo

भीम रावललाई केन्द्रीय सदस्यमा ९०४ मत



काठमाडौं, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा पराजित भीम रावलले केन्द्रीय सदस्यमा ९०४ मत प्राप्त गरेका । उनले विजेता केन्द्रीय सदस्यहरुले प्राप्त गरेको मतभन्दा निकै कम मत प्राप्त गरेका छन् ।

एमाले निर्वाचन कमिटीका संयोजक विजय सुब्बाले रावल निर्वाचित भएको जानकारी दिएका थिए । तर, उनको निकै कम मतका बाबजुद निर्वाचित भएको सुनाउँदा त्रुटी देखिएको छ । जबकि ९०५ मत ल्याउने टंक कार्की पराजित भएको उनले पछि बताए ।

सुरुमा टंक कार्की विजयी भनेका उनले उक्त स्थानमा सूर्य ढुंगेल निर्वाचित भएको सुनाए ।

रावलले अध्यक्षमा २२३ मत प्राप्त गरेका थिए । अध्यक्षमा विजयी केपी शर्मा ओलीले १८४० मत प्राप्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्