Logo

ओलीले लिए एमाले अध्यक्षको सपथ



काठमाडौं, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले पदको सपथ लिएका छन् । उनले आज चितवनमै पदको सपथ लिएका हुन् ।

ओलीलाई एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले सपथ गराएका थिए । यसअघि उनी निर्वाचित भएको घोषणा भएको थियो । एमालेको निर्वाचित आयोगले ओली १८३७ मतका साथ निर्वाचित भएको घोषणा गरेको हो ।

निर्वाचन आयोगका संयोजक विजय सुब्बाले ओलीको मतबारे जानकारी दिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी भीम रावलले २२३ मत प्राप्त गरेको जनकारी दिए ।
एमाले निर्वाचन आयोगले पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतबारे समेत जानकारी दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्