Logo

बालकृष्ण ढुंगेल १६६६ मत ल्याई बने एमाले केन्द्रीय सदस्य



काठमाडौं, १४ मंसिर । नेकपा माओवादीबाट नेकपा एमालेमा प्रवेश गरेका बालकृष्ण ढुंगेल १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । ढुंगेलले १६६६ मत ल्याएका छन् ।

ढुंगेल सशस्त्र द्वन्द्वका क्रममा एउटा हत्यामा आरोपी भई जेल समेत परेका थिए । ओखलढुंगाका ढुंगेलको एमाले प्रवेशलाई अर्थपूर्ण मानिएको थियो ।

एमालेभित्र पूर्वमाओवादी अनुमोदित भएकामा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहसहित ढुंगेल पनि परेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot