Logo

आज विश्व एड्स दिवसः ६३ प्रतिशतले घट्यो नेपालमा सङ्क्रमणदर



काठमाण्डौ, मंसिर १५ । आज ३४ औं विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको छ ।

सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिन्छ । एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन विश्व एड्स दिवस मनाउने गरिन्छ । सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

केन्द्रको तथ्याङ्क अनुसार नेपालमा एचआईभी एड्स सङ्क्रमणदर घट्दै गएको पाइएको छ । १० वर्षको तथ्याङ्कलाई आधार मान्दा नेपालमा ६३ प्रतिशतले सङ्क्रमणदर घटेको पाइएको हो । त्यस्तै एड्सका कारण हुने मृत्यु ५५ प्रतिशतले घटेको छ । अहिले नेपालमा तीस हजार तीन सय व्यक्ति एचआईभी एड्सबाट सङ्क्रमित छन् । सन् २०२० मा नयाँ सङ्क्रमित ७ सय ५४ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्