Logo

सिद्धार्थ बैंक र स्पर्श मल्टि स्पेसियालिटीबीच सम्झौता, बैंकका ग्राहकले अस्पतालमा २५% छुट पाउने



काठमाडौं, १५ मंसिर । सिद्धार्थ बैंक लिमिटेडले विरगञ्जको बहुअरी स्थित स्पर्श मल्टिस्पेसियालिटी अस्पतालसँग सम्झौता गरेको छ । बैंकले ग्राहकहरुलाई अस्पतालको विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको जनाएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट विरगञ्ज शाखा प्रबन्धक बाबुराम न्यौपाने तथा स्पर्श मल्टिस्पेसियालिटी अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक निमेश पल रमनले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि बैंकका ग्राहकहरुले स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग प्रयोग गरी भुक्तानी गरे बापत विभिन्न सेवा शुल्कमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्