Logo

एनएमबि बैंकको साधारण सभा पुस २२ गते, यस्ता छन् एजेन्डा ?



काठमाडौं, १५ मंसिर । एनएमबि बैंकले पुस २२ गते साधारण सभा बोलाएको छ । बैंकको मंसिर १३ गते बसेको संचालक समितिको बैंठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदन सहित असार मसान्तको वासलात र आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह बिबरण लगायतका वार्षिक वित्तीय विवरणहरू पारित गर्ने सभाको एजेण्डा रहेको छ ।

साथै सभाले सहायक कम्पनीहरु एनएमबि क्यापिटल लिमिटेड र एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड समेतको एकीकृत वित्तीय विवरणहरु समेत पारित गर्ने, लेखापरीक्षकको नियक्ति या निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने जनाइएको छ ।

सभाले हाल कायम चक्ता पूँजीको २ दशमलव ३० प्रतिशतका दरले हुन आउने नगद लाभांश र १२ दशमलव ५० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्