Logo

सर्वोच्चमा गोलाप्रथाबाट आज ११ इजलास गठन



काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा बुधबार गोला प्रथामार्फत पेसी तोकिएको छ । मंसिर १५ गते (आज) बिहान साढे १० बजे न्यायाधीशहरुले गोला तानेर गोला प्रक्रियाको सुरुवात गरेका हुन् ।

हालसम्म प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्था थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्चका न्यायाधीशहरुको पुर्णबैठक (फुलकोर्ट)ले नियमावली संशाधन गरेर गोलाप्रथाबाट पेशी निर्णय गरेको थियो । गोला प्रथाबाट पेसी तोक्ने भएपछि न्यायाधीश नियमित इजलासमा फर्कने भएका छन् ।

पेसी व्यवस्थापन समितिका तर्फबाट आज ११ इजलास गठन भएको हो । बुधबार ११ इजलासमा १ सय १७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको हो ।



प्रतिक्रिया दिनुहोस्