Logo

काठमाडौंमा मंसिर १८ गते प्रथम विद्यापति स्मृति महोत्सब हुने



काठमाडौं, १५ मंसिर । काठमाडौंमा मंसिर १८ गते शनिबार विद्यापति स्मृति पर्व महोत्सवको आयोजना गरिने भएको छ । कमलपोखरीस्थित् अग्रवाल भवनमा (डिसेम्बर ४) मा हुने महोत्सवमा प्रमुख अतिथि पुर्व उपराष्ट्रपति परमान्द झा हुने मैथिल ब्राह््मण महासभा नेपालका अध्यक्ष इन्जिनियर तथा समाजसेवी भगवान झाले जानकारी दिएका हुन् ।

उनले कलकत्ताबाट मैथिली विकास परिषदका अध्यक्ष अशोक झा, दरभंगा मैथिली विभागका प्रोफेसर तथा विभिन्न संस्थामा आवद्ध प्रो.चन्द्रमोहन झा उर्फ परवा, विहारका अररिया, सुपौल, मधुबनीबाट विभिन्न आर्दणिय व्यक्तित्वहरु उपस्थिति रहने बताए ।

उनले जनकपुर, राजबिराज, बिराटनगर, बिर्तामोड, लहानसहित केही जिल्लाका उच्च व्यक्तित्वहरुलाई आमन्त्रित गरेको समेत जानकारी दिए । महोत्सवमा समाजमा राम्रो काम गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रममा रहेको छ ।

बाबा विद्यापतिलाई पुष्प अर्पित गरेर कार्यक्रमको सुरुवात हुनेछ । मैथिल विद्धानका वक्ता कोकिलले विद्यापतिको जीवनीबारे प्रकाश पार्नेछन् भने यसैबीचमा सांस्कृतिक कार्यक्रम पनि हुनेछ । भारतीय गायक निखिल महादेव र नेपालका गायक प्रदीप पाठक र रुपेशको समुहले प्रस्तुति दिने भएका छन् । कार्यक्रममा मैथिल गीत तथा नृत्यमा पनि स्थानिय कलाकारहरुले प्रस्तुति दिनेछन् ।

झाले पहिलो पटक काठमाडौंमा हुन लागेको विद्यापति पर्व महोत्सव अब प्रत्येक वर्ष हुने बताए । उनले कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको बताए ।

 



प्रतिक्रिया दिनुहोस्