Logo

एक्शन–ओरिएन्टेड मिनिस्टर प्रेम आलेले छोटो समयमै जनताको मन जिते, आन्तरिक टर्मिनलमा निःशुल्क बस सेवा सञ्चालन (फोटोफिचर)



काठमाडौं, १५ मंसिर । एक्शन ओरिएन्टेड मिनिस्टरको रुपमा छवि बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आज अर्को राम्रो कामको सुरुवात गरेका छन् । उनले आजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवा शुभारम्भ गरेका छन् । यात्रुहरुको पीर, मार्कालाई ध्यानमा राखेर मन्त्री आलेले यस्तो कदम चालेका हुन् ।

रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री प्रेम आले यात्रुले भरिएको माइक्रो बसमा कोचिएर बसेर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन् । विमानस्थलको आन्तरिक हवाइ सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो । विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो । निशुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ ।

मन्त्री आलेले यात्रुहरुलाई कुनै सास्ती नहोस भनेर बेला बेलामा विमानस्थलमा छड्के जाँच पनि गरिरहेका छन् । उनको काम गराईबाट अहिले मन्त्रालयका सबै कर्मचारी प्रभावित बनेका छन् । उनले आफू जति समय मन्त्री बनेपनि जनताको पक्षमा केन्द्रित भएर काम गर्ने र जनतालाई अहित हुनेगरि कुनैपनि निर्णय र काम नगर्ने प्रतिबद्धता जनाएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्