Logo

गोलाप्रथा लागु भैसक्दापनि सर्वोच्च अदालतमा फेरि भाँडभैलो मच्चाउने षड्यन्त्र, मध्यरातमा न्यायाधीश कार्की किन पुगे कल्याण श्रेष्ठको निवासमा ?



काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक गोलाप्रथाद्वारा ११ वटा इजलास गठन भएका छन् । पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलो पटक ११ इजलास गठन भएका छन् । योसँगै नेपाल बार एशोसिएशनको आन्दोलन बन्द हुने र अब अदालत राम्रोसँग सञ्चालन हुने बुझिएको छ ।

तर, आज गोलाप्रथा लागु हुनुभन्दा अघिल्लोदिन हिजोमात्रै मध्यराति न्यायाधीश हरिकृष्ण कार्कीले पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई भेटेको खुलासा भएको छ। पछिल्लो समय बारको आन्दोलन चर्काउने मुख्य डिजाईनरको रुपमा कल्याण श्रेष्ठलाई नै चिनिन्छ । उनीकहाँ बारका अगुवाहरु नियमित सम्पर्कमा रहने गरेको र उनले निर्देशन दिएबमोजिम आन्दोलनका कार्यक्रम सञ्चालन गरेको पनि अदालत बृत्तमा चर्चा छ ।

खासगरी यसअघि आन्दोलनरत बारका पदाधिकारी र असन्तुष्ट न्यायाधीशहरु सबैलाई कल्याण श्रेष्ठले नै परिचालन गरिएको आरोप छ। तर, गोलाप्रथा लागु भएपछि अब अदालत नियमित रुपमा सञ्चालन हुने बताईएको थियो । तर, गोलाप्रथा पनि राम्रोसँग लागु गर्न नहुने पक्षमा अहिले न्यायाधीश हरिकृष्ण कार्कीलगायतका न्यायाधीशहरु पुगेका छन् ।

लामो समयदेखि अदालत अवरुद्ध हुँदा जनताले न्याय पाउने कुरा पनि अवरुद्ध भैरहेको छ। अहिले अदालत कुनैपनि हालतमा बन्द गर्न पाईँदैन भनेर ठूलो जनदबाब सिर्जना भएको छ। इजलास बहिष्कार गर्न पाईँदैन भनेर दैनिकजसो नागरिकहरुले सडकबाट दबाब सिर्जना गरिरहेका छन् । आज गोलाप्रथाबाट ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतको संशोधित नियमावलीले व्यवस्था गरेअनुसार वुधबार पहिलो पटक गोला तानेर इजलास गठन गरिएको हो ।

गोला प्रणाली लागु भएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । बारले जबराको राजीनामा नआएसम्म आन्दोलन नरोक्ने बताउदै आएको छ ।

बारले अघि सारेका मागहरु पूरा भैसकेको अवस्थामा पनि प्रधानन्यायाधीश जबरालाई निशाना गरेर एकोहोरो रुपमा राजीनामा मागेर आन्दोलन जारी राख्नु गलत भएको कानून क्षेत्रका विज्ञहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्