Logo

बाग्मती प्रदेश सभापतिमा देउवा समूहले ईन्द्र बानियाँलाई अघि सार्यो, अहिले केहीबेरमै उम्मेद्वारी घोषणा



काठमाडौं । नेपाली कांग्रेसको बाग्मती प्रदेश सभापतिमा पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट ईन्द्रबहादुर बानियाँलाई अघि सारेका छन् । देउवाले बानियाँलाई नै अघि बढ्न भनेपछि अहिले केहीबेरमा रिपोर्टर्स क्लब नेपालमार्फत बानियाँले उम्मेद्धवारी घोषणा गर्ने भएका हुन् ।

यसअघि भीमसेनदास प्रधानले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । गत शनिबार काठमाडौंको शान्तिवाटिकामा घोषणासभा आयोजना गर्दै नेता प्रधानले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

प्रधानलाई बाग्मती प्रदेश सभापतिका लागि केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले प्रस्ताव गरेका थिए । कांग्रेसको प्रदेश अधिवेशन भोलि मंसिर १६ र १७ गते हुँदैछ । बाग्मती प्रदेशको प्रदेश अधिवेशन हेटौंडामा हुनेछ । file photo



प्रतिक्रिया दिनुहोस्