Logo

घरको बरण्डाबाट महिलाको शव बरामद, पारिवारिक समस्याले हत्या भएको प्रारम्भिक अनुमान



जलेश्वर, १५ मंसिर । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ मा आज बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीयवासी सुरेन्द्र मण्डलकी पत्नी ३५ वर्षीया रुबी मण्डलको हत्या गरिएको अवस्थामा शव निजको आफ्नै घरको बरण्डामा राखिएको अवस्थामा फेला परेको हो ।

टाउकाभरि घाऊ चोट रहेको, अनुहार र शरीरका अन्य भागमा पनि विभिन्न चोटपटक रहेको अवस्थामा महिलाको शव फेला परेको प्रहरी उपरीक्षक आचार्यले बताए । पति सुरेन्द्र रोजगारीका क्रममा भारतको पञ्जाब बस्दै आएका र महिलाको हत्या पारिवारिक समस्याका कारण भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रासस



प्रतिक्रिया दिनुहोस्