Logo

शेरबहादुरजीको पहिलो उत्तराधिकारी म हुँ, विमलेन्द्र निधिले पनि समर्थन गर्नुहुन्छ : गोपालमान श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठले आफू यसपटक आफू सभापति उठ्ने बताए । उनले आफूले धेरै अघि नै सभापतिमा उठ्ने भनेर घोषणा गरिसकेको सुनाए । उनले आफू, सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिबीच आपसी सहमति हुने र सभापतिमा आफूलाई अघि बढाउने सम्भावना रहेको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले देउवा समूहमा आफू नै सभापति देउवाको पहिलो उत्तराधिकारी रहेको सुनाए । उनले भने,‘शेरबहादुरजीको पहिलो उत्तराधिकारी म नै हुँ नि, अब उहाँले सभापतिमा मलाई अघि सार्नुहुन्छ । विमलेन्द्र निधिले पनि मलाई नै समर्थन गर्नुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस्