Logo

महोत्तरीमा महिलाको शव फेला



महोत्तरी, १५ मंसिर । महोत्तरीमा एक महिलाको शव फेला परेको छ । लोहारपट्टी नगरपालिकाकी ३४ वर्षीया स्थानिय रुबी मण्डलको शव मंगलबार राति मृत अवस्थामा फेला परेको हो ।

उनका श्रीमान सुरेन्द्र मण्डल कामको सिलशिलामा भारतमा छन् । मृत्तकको टाउकोमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ। रुबीको हत्या भएको हुनसक्ने भन्दै शव घटनास्थलमै राखेर थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्