Logo

सीपी मैनाली राप्रपाको अध्यक्ष बन्ने तयारीमा हुनुहुन्छ क्यारेः प्रचण्ड



काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा दुई कम्युनिस्ट नेताहरुले राखेको विचारले तरंग ल्यायो । नेकपा मालेका महासचिव सीपी मैनालीले राजाहरुको प्रशंशा गरे । उनले राजा महेन्द्र र वीरेन्द्रलाई राष्ट्रभक्त भन्दै महान भने ।

मैनालीले राजाको प्रशंशा गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट भए । उनले मन्तव्यको सुरुमै मैनालीको आलोचना गरे । उनले भने,‘सीपी मैनालीजी राप्रपाको अध्यक्ष बनने तयारीमा हुनुहुन्छ कयार ।’

प्रचण्डले मैनालीलाई व्यङ्ग्य गर्दै विगतमा राजाको टाउको काट्न हिंडेको र अहिले राजालाई नै महान भनेको टिप्पणी गरे । उनले भने,‘म त्यस्तो बोल्दिनँ र होइन पनि । म जे हुँ त्यही बोल्छु र गर्छु ।’ प्रचण्डले यसो भनिरहँदा मैनाली आँखा चिम्लेर बसिरहे ।

Photo By : Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्