Logo

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिबादी पक्राउ



कास्की, १५ मंसिर । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका–२० भलाम घर भई हाल पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने १९ वर्षीय गोरे भन्ने सुरज गुरुङ र पोखरा महानगरपालिका–१७ हनुमान टोल बस्ने २५ वर्षीय छावा भन्ने सुशिल कार्की पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–१७ महतगौडास्थित तिहारको समयमा गत कात्तिक २० गते बिहान झै(झगडा हुँदा ४ जना व्यक्तिहरूलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाई फरार रहेको घटनामा संलग्नमध्ये गुरुङलाई कात्तिक २९ गते र कार्कीलाई मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीको सहयोगमा रूपन्देही जिल्लाको बुटवलबाट पक्राउ गरेको जनाएको छ ।

उनीहरूमाथि ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ३ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्