Logo

श्रीमानको हत्यामा संलग्न श्रीमती ७ वर्षपछि पक्राउ



काठमाडौं, १५ मंसिर । आफ्नै श्रीमानको हत्यामा संम्लग्न एक महिलालाई ७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०७१ साल चैत्र ९ गते बिहान ६ बजे काठमाडौंको धोवीखोलास्थित सिम्रिक पुलमुनि टाउकोमा चोट लागेको अवस्थामा दाङका द्रोण बहादुर सेनको शव फेला परेको थियो । लामो समयको अनुसन्धानबाट प्रहरीले उनको हत्यामा सम्लग्न भिमे सार्कीलाई पक्राउ गरेको थियो ।

सेनको हत्यामा दाङ तुलसीपुर उप–महानगरपालिका वडा नं.–१० भट्टे स्थायी घर भई, हाल घोराही उप–महानगरपालिका–१६ मा बस्दै आएकी उनकै श्रीमती ५० वर्षीया दिल कुमारी सेनलाई वानेश्वरबाट पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वर पठाएको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्