Logo

सुदुरपश्चिमको तेस्रो जित, फाइनल यात्रा बलियो



काठमाडौं, १५ मंसिर । वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले तेस्रो जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै सुदुरपश्चिमले फाइनल यात्रा बलियो बनाएको छ ।

जितका लागि चाहिएको ९१ रनको लक्ष्य सुदुरपश्चिमले ३१ ओभरमा ४ विकेट गुमाउदै पुरा गरेको थियो ।

सुदुरपश्चिमलाई जित दिलाउन वसन्त कार्कीले अविजित रहदै सर्वाधिक ३७ रन जोडे । यस्तै, अर्जून साउदले अविजित ३२ रनको जोड्न सफल भएका थिए ।

प्रदेश १ का अभिनय राजवंशीले सर्वाधिक २ तथा श्रवन किस्कु र अंकित सुवेदीले एक–एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ केवल २४ ओभरमा अलआउट हुदै मात्र ९० रन जोडेको थियो ।

प्रदेश १ का कप्तान अंकित सुवेदीले सर्वाधिक ६१ रनको जोडेका थिए । तर, अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

सुदुरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट हात पारे भने नरेन्द्र साउदले ३ विकेट लिए ।

साथै, कैलाश ऐरीले २ विकेट लिए ।

सुदुरपश्चिमले फाइनल प्रवेशका लागि अन्तिम खेल बागमती प्रदेशविरुद्ध शुक्रबार खेल्नेछ ।

प्रदेश १ ले पनि पाँचमध्ये तीन खेल जित्दै फाइनलको सम्भावना कायमै राखेको छ । तस्विरः क्यान

 



प्रतिक्रिया दिनुहोस्