Logo

कमल थापालाई घुमाउरो तरिकाले त्याग गर्न चन्दको सुझाव



काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता लोकेन्द्रबहादुर चन्दले घुमाउरो तरिकाले अध्यक्ष कमल थापालाई त्याग गर्न सुझाव दिएका छन् । पार्टी महाधिवेशन उद्घाटनमा बोल्दै उनले त्यागको भावना देखाएकोमा अध्यक्ष पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको प्रशंशा गर्दै त्यो अरुमा पनि सर्ने आशा व्यक्त गरे ।

‘प्रकाशचन्द्रज्यूले त्याग गर्नुभयो, उहाँलाई धन्यवाद । पशुपति शमशेरज्यूले पनि त्याग गर्नुभयो उहाँलाई धन्यवाद । त्यो त्यागको भावना सर्दै जानुपर्छ,’ चन्दले थापाप्रति संकेत गर्दै भने । उनले भावुक हुँदै मन्तव्य दिने क्रममा देश र जनताको हितका लागि राजालाई स्थान र हिन्दुराष्ट्र पुनःस्थापनामा जोड दिए ।

न्यायालयमा भएको घटना औल्याउँदै आस्थाको एउटा उच्च संस्था अनिवार्य भएको बताए । उनले राजा अपरिहार्य भएको दोहोराए । नेपाल इशाईको भ्याटिकन र इस्लामको मक्का जस्तै हिन्दुको पवित्र तीर्थस्थल भएको तर्क गर्दै भने,‘देशको गरिमा कायम राख्न पनि हिन्दुराष्ट्र हुनुपर्छ ।’

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्