Logo

सीपी मैनाली राप्रपा अध्यक्ष बन्ने कुरा !



काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा पाका कम्युनिस्ट नेता सीपी मैनालीको बोलीले तरङ्ग ल्याइदिएको छ । कम्युनिस्ट आन्दोलनमा लामो समय बिताएका मैनालीले राप्रपा महाधिवेशनमा बोल्दै राजाहरुको तारिफ गरे ।

उनले राजाहरुलाई राष्ट्रवादी भने । यसो भन्दा हलमा तालीको गडगडाहट सुनियो । मैनालीको बोली सुनेर प्रचण्ड असन्तुष्ट बने । उनले मैनालीलाई राप्रपाको अध्यक्ष बन्न खोजेको भन्दै व्यङ्ग्य गरे । प्रचण्डले भने,‘सीपी मैनालीजी राप्रपाको अध्यक्ष बन्न लाग्नुभयो कयारे ।’

प्रचण्डको मन्तव्य पछि राप्रपाका संस्थापक नेता लोकेन्द्रबहादुर चन्द बोले । उनले युवावस्थामा कम्युनिस्ट नभए केही नबुझ्ने र पाको अवस्थासम्म पनि कम्युनिस्ट भइरहे केही नबुझेको ठान्नुपर्ने भनाई उदृत गरे । उनले मैनालीलाई राप्रपाको अध्यक्ष बन्न चाहेमा स्वागत रहने बताए । यसो भन्दा हलमा हाँसो गुञ्जियो ।



प्रतिक्रिया दिनुहोस्