Logo

अत्यावश्यकबाहेक विदेश भ्रमण नगर्न सरकारको अपिल, ओमिक्रोन भेरिएन्टलाई नेपालमा प्रवेश हुन नदिन तिव्र रुपमा काम गरिरहेको दाबी (विज्ञप्तीसहित)



काठमाडौं, १५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यवाश्यक कामबाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन सबैलाई अपिल गरेको छ । केही दिन अघिमात्रै अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरिएन्ट साउथ अफ्रिका तथा एशियाका केही मुलुकहरुमा अहिले तिव्र विस्तार भैरहेको उल्लेख गर्दै मन्त्रालयले आम नेपालीहरुलाई यस्तो अपिल गरेको हो ।

हालसम्म उक्त भेरिएन्ट नेपालमा फेला नपरेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘नयाँ देखिएको यो भेरिएन्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सबै निकाय तिव्र रुपमा एक भएर काम गरिरहेको अवस्था छ ।’



प्रतिक्रिया दिनुहोस्