Logo

आजादी का अमृत महोत्सवको अवसरमा दुतावास परिसरमा रक्तदान



वीरगंज, १५ मंसिर । आजादी का अमृत महोत्सव र विश्व एड्स दिवसको अवसरमा भारतीय महावाणिज्य दुतावास, वीरगंजद्वारा आज रक्तदान शिविरको आयोजना गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीको वीरगन्ज कार्यालयको सहयोगमा गरिएको शिविर कार्यक्रममा दुतावासका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।

कर्मचारीहरु माझ रक्तदान गर्ने अभ्यासलाई अभिप्रेरित गर्न र रक्तदान सम्बन्धी जनचेतना फैलाउन प्रतिबद्ध रहेको वाणिज्य दुतावासले जनाएको छ । महावाणिज्य दुत नितेश कुमारले नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरू र महावाणिज्य दुतावासका सदस्यहरूलाई अमुल्य योगदानको लागि धन्यवाद दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्