Logo

अमेरिकाले दियो ओलीलाई बधाई



काठमाडौं, १५ मंसिर । अमेरिकाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएको छ । ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएको हो ।

अमेरिकी राजदूतावासले ट्वीट गर्दै ओलीलाई बधाई दिदै लोकतन्त्र, पारदर्शीता, उत्तरदायितव र स्वतन्त्र र धाँधलीरहित चुनावलाई साथ दिने जनाएको छ ।

मङ्गलबार अध्यक्षमा निर्वाचित भएका ओलीलाई अमेरिकाले सुरुमै बधाई दिनु अर्थपूर्ण मानिएको छ । ओलीको अमेरिकासँग सुमधुर सम्बन्ध रहेको सनदेशका रुपमा यसलाई लिइएको छ ।



प्रतिक्रिया दिनुहोस्