Logo

राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, शुभकामना भन्न भृकुटीमण्डप पुगेनन् ओली



काठमाडौं, १५ मंसिर : राप्रपाको एकता महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेवबहादुर देउवा महाधिवेशन उद्घाटनस्थल पुग्दा एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओली भने कार्यक्रममा उपस्थित नै भएनन् ।

चितवनमा भएको एमालेको १०औं महाधिवेशनमा उपस्थित भएर राप्रपा अध्यक्ष थापाले बधाई मात्र दिएनन्, ओलीलाई राष्ट्रवादी नेताको उपमा पनि दिए । तर एमाले महाधिवेशन सकिएको एक दिनपछि सुरु भएको राप्रपाको एकता महाधिवेशनमा भने ओली देखिएनन् । उनले शुभकामनाका लागि पार्टीबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेललाई पठाए ।

ओली अनुपस्थित भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल भने शुभकामना दिन राप्रपा महाधिवेशन उद्घाटनस्थल पुगेका छन् ।

प्रचण्ड एमाले महाधिवेशनमा शुभकामना दिन पुगेका थिएनन् भने नेपाललाई एमालेले निम्तो नै गरेको थिएन । एमाले महाधिवेशनमा शुभकामना दिन चितवन पुगेका जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेता पनि राप्रपा महाधिवेशनमा शुभकामना दिन उपस्थित भएनन् । न्युज कारखाना File Photo



प्रतिक्रिया दिनुहोस्